समाज


विवाहमा प्रयोग हुने सवारी साधन पासबिनै सञ्चालन हुन पाउने

विवाहमा प्रयोग हुने सवारी साधन पासबिनै सञ्चालन हुन पाउने

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ५:४६,

कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ।

जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो। सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ।

जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ।

विवाहमा सहभागी हुने दुवैतर्फकाले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार हालसम्म सवारी साधनको ई–पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ।

अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन्। विचाराधीन अवस्थमा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ।

जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad