ग्लोबल


कोरोनाका कारण अमेरिकामा १० नेपालीको निधन

कोरोनाका कारण अमेरिकामा १० नेपालीको निधन

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ५:४३,

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ।

तीन साताअघि मृत्यु भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्युयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको हो।

यसअघि बिहीबार न्युयोर्कको रिजउडमा ७० वर्षका महेश अमात्यको र बुधबार उडसाइडमा पवन मल्लको मृत्यु भएको थियो।

शुक्रबार पनि अर्का नेपालीको मृत्यु भएको छ, तर अस्पतालले अधिकारिक रूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरेका छन्।

कोरोना भाइरसको केन्द्र बनेको न्युयोर्कमा मृत्यु भएका नेपालीको सद्गद् प्रक्रियामा छ। अहिलेसम्म केही व्यक्तिको सद्गद् भइसकेको र सोनाम लामाको कोही आफन्त सम्पर्कमा नआएका कारण शव यकिन गर्न नसकिएको मेरिल्यान्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले राससलाई जानकारी दिएका छन्।

भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्।

कोरोना भाइरसका कारण विभिन्न मितिमा मृत्यु भएकामा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा छन्।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापी रूपमा भए जस्तै संक्रमितमध्ये २५ देखि ३० प्रतिशतसम्म नेपाली आफूलाई संक्रमणबाट मुक्त गराउन सफल भएका छन्। यसअघि अमेरिकामा ५०० नेपाली संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad