विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विदालयका सञ्चालकहरूले बस ऱ्याली निकालेका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले विधेयकमा रहेका कतिपय नीतिकाविरुद्ध स्कुलका बसमा कालोझण्डा/ब्यानर सहित चक्रपथमा बस ऱ्याली निकालेका हुन्। 
निजी स्कुलका बसलाई आफूलाई पायक पर्ने चक्रपथका चोकमा जम्मा भएर ऱ्याली निकाल्न भनिएको थियो।
निजी विद्यालय सञ्चालकहरुले विधेयकमा कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने माग राखेका छन्।
त्यस्तै पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था पनि हटाउनुपर्ने तथा छात्रवृत्ति दिँदा विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा जस्ता सुविधा दिनुपर्ने नीति खारेज गनुपर्ने माग उनीहरुको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको विधेयक प्रतिवेदन अब सभाबाटै पारित गर्ने तयारी गरिएको छ।
निजी स्कुलका सञ्चालकहरुले भने भदौ १८ गते सम्म आफ्ना माग पूरा नभए अनिश्चितकालसम्म स्कुल बन्द गर्ने समेत चेतावनी दिएका छन्। 








Shares

प्रतिक्रिया