समाज


ऊर्जा सचिव आचार्यको बिदाइमा पाँचतारे होटलमा रात्रिभोज

ऊर्जा सचिव आचार्यको बिदाइमा पाँचतारे होटलमा रात्रिभोज

नेपालखबर
भदौ १६, २०८२ सोमबार १३:११, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यको बिदाइ भव्य कार्यक्रमबीच सम्पन्न भएको छ।

५८ वर्षे उमेर हदका कारण भदौ १५ गते (आइतबार) कै साँझ पारेर काठमाडौँको पाँचतारे होटल सोल्टीमा बिदाइभोज गरिएको हो।

कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, सचिव (सिँचाइ) सरिता दवाडी, ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी जटौत, सुनील पौडेल, जल तथा ऊर्जा आयोगका सहसचिव सन्दीपकुमार देव, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, उपमहानिर्देशकहरू मनदेवी श्रेष्ठ, गोकर्णराज पन्थ, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेश थापा, विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीलगायतको सहभागिता थियो।

मन्त्रालय स्रोतका अनुसार, कक्टेल डिनरसहित रात्रिभोजको जिम्मा विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डललाई दिइएको थियो। मण्डल तिनै व्यक्ति हुन्, जसले मन्त्री खड्का र सचिव आचार्यको निर्देशनमा विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकको कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएका थिए। त्यसको पुरस्कार स्वरूप मण्डललाई १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो। अहिले उनलाई विभागको महानिर्देशक बनाइएको छ।

आचार्यले डेडिकेटेड फिडर तथा ट्रंकलाइनवापतको बक्यौता महसुल नउठाउन मन्त्री खड्काका सहयोगीका रूपमा भूमिका खेलेका थिए। यस्तै प्राधिकरणको कर्मचारी सरूवामा समेत उनले खास चासो दिने गरेका थिए।

आचार्य २०८१ असोज ६ गतेदेखि ऊर्जा सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad