समाज


रसुवागढीमा सुक्खा पहिरो : एक घाइते, भवनमा क्षति

रसुवागढीमा सुक्खा पहिरो : एक घाइते, भवनमा क्षति

नेपालखबर
भदौ १५, २०८२ आइतबार १८:५४, रसुवा

रसुवागढी क्षेत्रमा आइतबार गएको सुक्खा पहिरोका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका–२ का करिब १९ वर्षीय विमलदास थारू सुक्खा पहिरोमा परी घाइते भएका हुन्। टाउको र छातीमा गम्भीर चोट लागेका उनको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुक्खा पहिरोले गत असार २४ पछि सडक अवरूद्व भएको छ। यसैगरी गढी इलाकामा रोकिएका स्काभेटर, ट्रयक्टर, कन्टेनर, स्कारपियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिए।

सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ।

हिमताल फुटेर ल्हेन्देखोलामा आएको बाढीबाट त्रसित यहाँका स्थानीय, व्यवसायी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मी, मजदुर र पैदलयात्रुले समेत सुक्खा पहिरोका कारण पुनः असुरक्षित हुनुपरेको गुनासो गरेका छन्। 

यसैगरी सुक्खा बन्दरगाह क्षेत्रसहित रसुवागढी आसपासमा रहेका चारपांग्रे सवारीसाधनमा पहिरोले क्षति पुर्‍याउन सक्ने भन्दै समयमै उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad