समाज


दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको सनाखत, ४ जनाको उपचार जारी

पिकअपका चालक पक्राउ
दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको सनाखत, ४ जनाको उपचार जारी

नेपालखबर
भदौ ११, २०८२ बुधबार ९:०, विराटनगर

झापाको कन्काईमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको पहिचान खुलेको छ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालकको मृत्यु भएको थियो भने एकै घरका चार जना घाइते भएका थिए। 

ज्यान गुमाउने भ्यान चालक झापाकै शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

परिवारका सदस्यबाट सनाखत भएपछि प्रहरीले उनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखेको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका बाँस्कोटाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  

दुर्घटनामा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्बीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। उनीहरू सबैको बीएन्डसी अस्पतालमै उपचार भइरहेको छ। 

पिकअपका चालक धनकुटाको महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad