समाज


आज र भोलि सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध हुने

आज र भोलि सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध हुने

नेपालखबर
भदौ ५, २०८२ बिहिबार ९:५, काठमाडौँ

सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन सेवा आज र भोलि दुई दिन बन्द रहने जनाएको छ। 

कोषले सूचना जारी गर्दै बिहीबार र शुक्रबार अनलाइन प्रणालीबाट प्रदान हुने सेवा अवरुद्ध हुने जानकारी दिएको हो। 

प्रणालीको परीक्षणका लागि दुई दिन सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख छ। बिहीबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा बन्द रहने कोषले जनाएको छ।

सूचना प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन प्राविधिक परीक्षणका कारण सेवा प्रभावित भएको कोषले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad