समाज


विश्व कोरोना अपडेटः संक्रमित २२ लाख र मृतक डेढ लाखनजिक

विश्व कोरोना अपडेटः संक्रमित २२ लाख र मृतक डेढ लाखनजिक

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ०:९,

विश्वभर कोरोना भाइरसकाे संक्रमण भएका मानिसको संख्या २२ लाख पुग्न लागेको छ भने यसबाट मृत्यु भएकाको संख्या डेढ लाख हुन लागेको छ।

विश्वभरको कोरोना तथ्यांक अपडेट गर्ने वर्ल्डओमिटर (नेपाली समय शुक्रबार बिहान साढे ५ बजेसम्म) को तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २१ लख ८० हजार ३ पुगेको हो। यस्तै यसबाट मृत्यु भएकाको संख्या १ लाख ४५ हजार ४१७ पुगेको छ।

यसैगरी यो खबर लेख्दासम्म ५ लाख ४६ हजार ७५३ जना निको भएका छन्।

विश्वमा कोरोना कारण सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ। त्यस्तै त्यहाँ संक्रमितको संख्या ६ लाख ७७ हजार ५६ पुगेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

यसपछि कोरोनाबाट सबैभन्दा बढी पीडित इटली र स्पेन हुन्। यो खबर लेख्दासम्म इटलीमा मृतकको संख्या २२ हजार १ सय ७० पुगेको छ भने १ लाख ६८ हजार ९४१ जना कोरोनाबाट संक्रमित भएका छन्।

यस्तै कोरोनाका कारण स्पेनमा अहिलेसम्म १९ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .