रेडक्रसकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘रेडक्रसका चम्किला तारा’ कृतिको लोकार्पण गरिएको छ।
२८८ पृष्ठको सो कृतिमा नेपाल रेडक्रस सोसाइटीमा योगदान दिएका स्वदेशी तथा विदेशी ५३ जना अग्रजहरूको जीवनी समेटिएको छ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलगायतले उक्त कृतिको लोकार्पण गरे।
कृतिमाथि वरिष्ठ साहित्यकार एवं समीक्षक हरिहर अधिकारी तथा दिव्यराज पौडेलले समीक्षा गरेका थिए। रासस
414
Shares

प्रतिक्रिया