नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेकी छन्।
बानेश्वर हाइटस्थित थापा गाउँमा भण्डारीले चार तले भवन भाडामा लिएकी हुन्।
विस. २०४८ सालमा मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा मदनपत्नी विद्याले आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन्।
उक्त घरमा व्यवस्थापनका कामहरू पूरा हुनेबित्तिकै भण्डारी नियमित रूपमा कार्यालयमा आएर सम्पर्क–सम्बन्ध विस्तार गर्ने योजना रहेको उनी निकट एक नेताले बताए।
मदन भण्डारी फाउन्डेसनको प्रयोग गरेरे राजनीतिक रुपमा अघि बढ्ने भण्डारीको तयारी छ।
एमाले पूर्वउपाध्यक्ष भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकबाट राजनीतिमा आउन रोक लगाएपछि उनी मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय हुन लागेकी हुन्।





Shares

प्रतिक्रिया