कला


कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

नेपालखबर
साउन २२, २०८२ बिहिबार २०:४५, काठमाडौँ

क्यानडाको सरे सहरमा रहेको भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्माको क्याफे (क्याप्स क्याफे) मा फेरि गोली प्रहार भएको छ। 

उनको क्याफेलाई निसाना बनाइएको यो दोस्रोपटक हो। क्याफेमा गोली हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा केही व्यक्ति कारमा बसेर क्याफेतर्फ गोली हानिरहेका छन्। 

यसैबीच गोल्डी ढिल्लन नामक एक गुण्डा समूहले यो घटनाको जिम्मेवारी लिएको छ। उसले सामाजिक सञ्जाल पोस्टमार्फत आक्रमण आफ्नो गिरोहले गरेको दाबी गरेको छ। 

यद्यपि, गोली प्रहारबाट अहिलेसम्म कोही घाइते भएको खबर छैन। स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। घटनाबारे कपिल शर्माबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

गोल्डी ढिल्लनले आफूलाई लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित रहेको दाबी गर्छ। 

गोल्डीले एक अनलाइन पोस्टमा लेखेको छ, 'सबै दाजुभाइलाई राम राम... गोल्डी ढिल्लन र लरेन्स बिश्नोई गिरोहले आज सरेको कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीबारीको जिम्मेवारी लिन्छ।'

यसअघि गत महिना जुलाई १० मा कपिल शर्माको क्याप्स क्याफेमा गोली हानिएको थियो। यसको भिडिओ पनि सार्वजनिक भएको थियो। आक्रमणकारीले कारबाट पेस्तोल निकालेर १० देखि १२ राउन्ड गोली हानेका थिए।

उक्त घटनाको जिम्मेवारीचाहिँ खालिस्तानी आतंककारी हरजित सिंह लड्डीले लिएका थिए। हरजित सिंह लड्डी एनआईएको मोस्ट वान्टेड आतंककारीको सूचीमा छन् र बीकेआई (बब्बर खालसा इन्टरनेसनल) सँग सम्बन्धित छन्। लड्डीले कपिल शर्माको पुरानो भनाइका कारण उक्त आक्रमण गरिएको बताएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad