समाज


अब १४ वर्ष नपुगेका विद्यार्थीले पनि उमेर सच्याएर एसईई दिन पाउने

अब १४ वर्ष  नपुगेका विद्यार्थीले पनि उमेर सच्याएर एसईई दिन पाउने

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८२ बुधबार ९:१५, काठमाडौँ

अब १४ वर्ष उमेर नपुगेका विद्यार्थीले पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने भएका छन्। अहिले १४ वर्ष उमेर पूरा नभएका विद्यार्थीले एसईईमा सहभागी हुन नपाउने कानुनी व्यवस्था छ।

कलिलै उमेरमा माथिल्लो कक्षामा पुगे पनि १४ वर्ष पूरा नहुँदा एसईईमा सहभागी हुन नपाउने विद्यार्थीका लागि सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ मा संशोधन गर्दै एकपटकका लागि व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने व्यवस्था गरेको छ।

यही साउन १८ गते सरकारले केही नेपाल ऐन संशोधनमार्फत राजपत्रमा प्रकाशित गरेर उमेर सच्याउन पाउने व्यवस्था गरेपछि कलिलै उमेरमा माथिल्लाे कक्षामा पुगेका विद्यार्थीलाई राहत हुने भएकाे छ। 

यो व्यवस्था अनुसार अब कलिलै उमेरमा पनि कक्षा १० मा पढिरहेका विद्यार्थीले आफ्नो जन्म २०६८ चैत वा सोभन्दा अघि नै रहेको भनी जन्मदर्ता बनाउन पाउने भएका छन्। 

गत जेठमा कक्षा १० को रजिस्ट्रेसन फाराम भर्दा कलिलै उमेरमा कक्षा १० मा पुगेका थुप्रै विद्यार्थी भेटेपछि राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष नपुगेका विद्यार्थीले आफ्नो जन्ममिति २०६८ चैत मसान्त उल्लेख गरेर भर्न पाउने सुविधा दिएको थियो। 

२०७८ मा शिक्षा मन्त्रालयले एसइईमा सहभागी हुन १४ वर्ष उमेर पूरा भएकै हुनुपर्ने प्रावधानलाई हटाएपछि कतिपय अभिभावक आफैँले विद्यार्थीको जन्ममिति सच्याएर वा कक्षा फड्काएर माथिल्लो कक्षामा पठाउने गरेका थिए। 

बोर्डका अनुसार रजिस्ट्रेसन फाराम भरेका केही विद्यार्थीको उमेर १४ वर्ष पूरा हुन तोकिएको मितिभन्दा दुई÷चार दिन मात्रै कम देखिएको थियो । केही विद्यार्थीको उमेर भने एसईईमा सहभागी हुने समयमा १२ वर्ष मात्रै पूरा हुने देखिएको थियो। 

पछिल्लो समय एसइईमा उमेरको छेकबार हटेपछि सानो उमेरमा माथिल्लो कक्षामा पढेको देखाउन अभिभावकले समेत बच्चाको जन्ममिति बिगारेर भर्ना हुने समयमा घटाउने गरेका थिए । केही अभिभावकले भने कक्षा फड्काएर पढाउने गरेका थिए। 

केही नेपाल ऐन संशोधन भएसँगै व्यक्तिगत घटना विवरण नमिलेर झन्झट बेहोरिरहेका व्यक्तिले पनि राहत पाउने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad