ग्लोबल


अमेरिकामा विमान खस्दा ४ जनाको मृत्यु

अमेरिकामा विमान खस्दा ४ जनाको मृत्यु

दुर्घटनास्थल


नेपालखबर
साउन २१, २०८२ बुधबार ९:४०, काठमाडौँ

मंगलबार अमेरिकास्थित एरिजोनाको नाभाजो राष्ट्रको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। 

न्युयोर्क टाइम्सका अनुसार बिचक्राफ्ट ३०० नामक विमान चिन्ले म्युनिसिपल विमानस्थलमा बिरामी लिन अवतरण गरिरहेका बेला दुर्घटना भएको हो।

विमान खसेपछि आगलागी भएको थियो। दुर्घटनामा विमानमा रहेका दुई पाइलट र दुई स्वास्थ्य सेवा प्रदायक गरी सबै चार जनाकै मृत्यु भएको हो। 

नाभाजो राष्ट्र प्रहरी विभागका प्रवक्ता क्रिसी लार्गोका अनुसार विमान विमानस्थलको धावनमार्गबाट लगभग ३०० यार्ड टाढाबाट छुटेको थियो र स्थानीय समयअनुसार मंगलबार दिउँसो १२:४० बजे दुर्घटना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad