समाज


पासोमा परेको अवस्थामा चितुवा फेला

पासोमा परेको अवस्थामा चितुवा फेला

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ३:३०,

तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित लोहीपाखामा थापिएको पासो (खोर) मा एउटा चितुवा फेला परेको छ। बुधबार बिहान पासोमा परेको अवस्थामा चितुवा फेला परेको हो।

चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोर बनाएर पासो थापेको थियो।

खोरमा परेको यो आठौँ चितुवा भएको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। सोही ठाउँमा गएको माघ १४ गते चितुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको ज्यान गएको थियो।

पासो थापेको खोरमा चितुवा फेला परेको जानकारी प्राप्त भएको र आफू त्यसतर्फ जाने तयारी गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ। यस अवधिमा सात बालबालिका घाइते भएका डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।

वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका १६ स्थानमा १६ खोर निर्माण गरी चितुवालाई पासो थापेर राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad