समाज


कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, साढे ६ सय भन्दा धेरै संक्रमित

कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, साढे ६ सय भन्दा धेरै संक्रमित

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ३:४६,

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विदेशमा बस्दै आएका १४ नेपालीको मृत्यु भइसकेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिलेसम्म ६ सय ६५ जना नेपालीमा यसको संक्रमण देखिएको छ।

शनिबार सम्मको तथ्यांकहनुसार बेलायतमा ८, अमेरिकामा ५ र युएईमा १ जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ।

अमेरिकामा ५ सयभन्दा बढी नेपाली संक्रमित छन्। बेलायतमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अस्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापान, मलेसियामा, म्यानमार र हङकङमा एक-एक जनामा कोरोना संक्रमण देखिएको छ।

भारतमा एक दर्जनभन्दा धेरै नेपालीमा कोरोना पुष्टी भएको छ। भारतमा देखिएका कोरोना संक्रमित अधिकांश सुदूरपश्चिमका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad