समाज


भरत तालमा युवतीको शव फेला, सनाखत हुन बाँकी

भरत तालमा युवतीको शव फेला, सनाखत हुन बाँकी

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८२ बिहिबार ९:४१, काठमाडौँ

सर्लाहीका बागमती नगरपालिका- १२ स्थित भरत तालमा एक युवतीको शव फेला परेको छ। 

बुधबार दिउँसो भेटिएको शवको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

तालमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा प्रहरी टोली पुगेको थियो।

उक्त शव डुङ्गाको सहायताले बाहिर निकालिएको र पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। 

निलो जिन्स पाइन्ट र हरियो कुर्था, हातमा रातो बाला, घाँटीमा मंगलसुत्र लगाएकी मधेसी मुलकी जस्ती देखिने करिब २२ वर्षीया युवतीको सनाखतको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र कान्त अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad