समाज


जुवाको खालबाट ५० हजार नगदसहित ७ जना पक्राउ

जुवाको खालबाट ५० हजार नगदसहित ७ जना पक्राउ

नेपालखबर
साउन ११, २०८२ आइतबार १६:५९, काठमाडौँ

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउबाट जुवा खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार सिमलीगाँउ स्थित जस्ताको टहरामा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले नगद ५० हजार ३३० रुपैयाँ र तास सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–७ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउ बस्ने वर्ष ५४ को लिला मगर, नुवाकोटको शिवपुरी–४ घर भई हाल बूढानीलकण्ठ–२ देउवा चोक बस्ने वर्ष २४ को समीर तामाङ, बूढानिलकण्ठ नगरपालिका–३ मुहानपोखरी बस्ने वर्ष ५८ को राम बहादुर पौडेल, सोही नगरपालिका–६ हात्तीगौडा बस्ने वर्ष ४४ को राजेश महर्जन रहेका छन्। 

यस्तै, रामेछापको मन्थली नगरपालिका–६ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउ बस्ने वर्ष ३९ को श्याम तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–३ मुहानपोखरी बस्ने वर्ष ३० को राम तामाङ र बूढानिलकण्ठ नगरपालिका–३ मुहानपोखरी बस्ने ४२ कि सुनिता गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूमाथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad