समाज


नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खाली

नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खाली

नेपालखबर
साउन ११, २०८२ आइतबार १७:८, काठमाडौँ

नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खाली रहेको पाइएको छ। 

आइतबार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति खाली रहेको बताए।

विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८ सय ६) रहेको पनि बताए। वरिष्ठ अधिकृतहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको घिमिरले बताए।

उनकाअनुसार तल्लो आधारभुत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad