ad ad

समाज


भारतमा एकै दिन साढे १२ सय कोरोना संक्रमित थपिए, मृतकको संख्या ३५८

भारतमा एकै दिन साढे १२ सय कोरोना संक्रमित थपिए, मृतकको संख्या ३५८

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ३:३८,

 

भारतमा कारोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ।

आज (मंगलबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा १० हजार ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

सोमबार एकै दिन भारतमा १२ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

यसको संक्रमणबाट अहिलेसम्म भारतमा ३ सय ५८ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म ११ सय ८१ जना संक्रमित उपचारपछि निको भएका छन्।

कोरोना संक्रमण बढ्न नदिन भारतभर २१ दिनदेखि लकडाउन छ। तीन साता लामो लकडाउन आज पूरा हुँदैछ।

आज बिहान १० बजे मोदीले राष्ट्रको नाममा संवोधन गर्दै छन्। सम्भवतः उनले लकडाउनको अबधि थप गरिएको घोषणा गर्ने भारतीय सञ्चार माध्यहरुले जनाएका छन्।

लकडाउनको समय थप गर्ने कि नगर्ने विषयमा अहिले बहस जारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उडिसा, पंजाब, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक र तमिलनाडु राज्यले यसअघि नै लकडाउनको अवधि बढाउने घोषणा गरिसकेका छन्।

भारतका कतिपय व्यवसायीले भने उद्योग धन्दा सञ्चालन गर्न सरकारलार्इ दबाब दिन थालेका खबर प्रकाशमा आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .