ad ad

समाज


डोटीका घरघरमै गएर कोरोना टेस्ट

डोटीका घरघरमै गएर कोरोना टेस्ट

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ४:१२,

जिल्ला स्वास्थ्य कार्यालय डोटीको स्वास्थ्यकर्मी टोलीले स्थानीयका घरमै पुगेर कोरोना भाइरसको सङ्क्रमण जाँच गर्न शुरु गरेको छ।

स्वास्थ्यकर्मीले जिल्लाका नौवटै स्थानीय तहका सबै घरमै गएर रगतबाट जाँच गरिने ¥यापिड टेस्ट सुरु गरेका हुन्। अहिलेसम्म ¥यापिड टेस्ट गरिएकाको २३८ जनाको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सम्पर्क व्यक्ति सूर्यहबादुर विष्टले जानकारी दिए।

क्वारेन्टाइनमा रहेकाको स्वाश सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ जना महिला गरी २१३ जनामा रगतबाट गरिने ¥यापिड टेस्ट (आरडिटी) जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी ४ स्थानीय तहमा आरडिटी गरिएको हो।

शनिबारदेखि होम क्वारेन्टाइनमा बसेकाको समेत ¥यापिड टेस्ट परीक्षण शुरु भएको मलासीले बताए

यसैबीच सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको ¥यापिड टेस्टमा २३८ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ।

प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले ¥यापिडटेस्ट किटमार्फत उक्त टेस्ट गरेको थियो। जिल्ला स्वाथ्य कार्यालयले सबै स्थानीयतहका लागि आलग अलग स्वास्थ्यकर्मीको टोली बनाएर ¥यापिड टेस्टका लागि पठाएको छ।

¥यापिड टेस्ट रगत जाँचबाट गर्ने हुँदा नतिजा समेत चाँडै आउने गर्छ। त्यस्तै जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनाको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ। उनीहरुको नमुना परिक्षणका लागि काठमाडौँ पठाइएको छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ चिकित्ससहितको टोली डोटी आएका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .