समाज


हत्या कसुरमा २० वर्ष कैद तोकिएका अभियुक्त २२ वर्षपछि पक्राउ

हत्या कसुरमा २० वर्ष कैद तोकिएका अभियुक्त २२ वर्षपछि पक्राउ

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १२:५६, काठमाडौँ

कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई म्याग्दी प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको साविक दग्नाम गाविस २ घर भएका केबहादुर गर्बुजा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रहरी निरीक्षक सागर पौडेल रहेका छन्। 

के बहादुरले २०६० साल कात्तिक ६ गते रातको समयमा घरमा सुतिरहेको बेला स्थानीय धनराम तिलिजालाई धारिलो हतियार प्रहार गरिेर हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ। 

हत्या कसुरमा केबहादुरलाई जिल्ला अदालत म्याग्दीले २०८६ जेठ ११ गते २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो। 

हत्यापछि फरार रहेका केबहादुरलाई यही साउन ८ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले म्याग्दीकै रघुगंगा गाउँपालिका ४ दग्लामबाट पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad