समाज


बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १२:५१, काठमाडौँ

गए रातिदेखिको वर्षापछि पहिरो जाँदा देशका विभिन्न सडक अवरुद्ध भएका छन्। 

अहिले ११ वटा सडक पूर्णरूपमा अवरुद्ध अवस्था रहेका प्रहरीले जनाएको छ। 

बाढीपहिरोले कोसी राजमार्ग, मेची राजमार्ग, पाँचथरको तमोर करिडोर सडक, पाँचथरकै मध्यपहाडी राजमार्ग, रसुवाको पासाङ ल्यामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, मुस्ताङको जोमसोम लोमाथांङ सडक पूर्णरुपमा अवरुद्ध छ। 

त्यसैगरि नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक, बैतडीको महाकाली राजमार्ग बाढीपहिरोले पूर्णरुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ। 

त्यसैगरि काठमाडौँ-नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर सडक र रोल्पाको सहीद राजमार्गमा पनि एकतर्फी मात्रै गाडी चलिरहेका छन्। 

यी हुन् अवरुद्ध भएका सडक 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad