राजनीति


भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:५५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भदौ ३१ गते भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ।

परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भइसकेको नेपालखबरलाई जानकारी दिएको छ। 

'प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने नै थियो। भ्रमण हुने कुरा अगाडि बढिसक्यो। तयारीमा नेपाल सरकार, परराष्ट्रमन्त्रालय लागिसक्यो,' स्रोतले भन्यो, 'मिति र एजेन्डाका विषयमा दुई देशका अधिकारीहरूले आपसमा छलफल र समन्वय गरेर तय हुनेछ।'

प्रधानमन्त्री भएको १ वर्षसम्म पनि ओली भारत भ्रमणमा गएका छैनन्। उनले अर्को छिमेकी चीनको भने भ्रमण गरिसकेका छन्। नेपाली भूमि रहेको तर हाल भारतले दाबी गर्दै आएको लिम्बियाधुरा, कालापानीसहितका भू-भाग समेटेर चुच्चे नक्सा जारी गरेदेखि नै भारत ओलीसँग रुष्ट छ।  

यसअघि ओली-मोदीबीच गत चैत मा बिमस्टेकमा थाइल्यान्डमा भेट भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad