यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन्।
पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस रिसवत वापत रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ।
आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मंगलबार नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।
3.2k
Shares

प्रतिक्रिया