समाज


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी र भीभीआईपीलाई छुट्टै डेस्क

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी र भीभीआईपीलाई छुट्टै डेस्क

नेपालखबर
असार २९, २०८२ आइतबार १५:३२, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट र अति विशिष्ट व्यक्तिहरूका लागि छुट्टै डेस्क स्थापना गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको जानकारी दिएको छ।

कार्यालयले यस्ता व्यक्तिहरूको आगमन र प्रस्थानलाई सरल बनाउनका लागि छुट्टै डेस्क स्थापना गरिएको बताएको छ। 

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नुहुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ,' कार्यालयको सूचनामा उल्लेख छ।  

भीआईपी/भीभीआईपी डेस्क प्रयोग गरी आगमन तथा प्रस्थान गर्ने व्यक्तिहरू अनिवार्यरूपमा अध्यागमन प्रक्रियामा उपस्थित भई अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने छ। 

'नेपाल राजपत्रमा उल्लेखित महानुभावहरूले मात्र उक्त भीआईपी/भीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रिया (आगमन तथा प्रस्थान) लाई सहज बनाइदिनु हुनसमेत सादर अनुरोध छ,' कार्यालयको सूचनामा भनिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad