समाज


आजको सम्भावित बाढी: काठमाडौँसहित ३२ जिल्लामा ‘एल्लो अलर्ट’

आजको सम्भावित बाढी: काठमाडौँसहित ३२ जिल्लामा ‘एल्लो अलर्ट’

फाइल तस्बिर: काभ्रेको पनौती क्षेत्र


नेपालखबर
असार २९, २०८२ आइतबार १०:३५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २९, आइतबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल नै छ।

जिल्लाका हिसाबले आज संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च छ। अत: यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। 

साथै आज सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, गोरखा, धादिङ, मकवानपर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, रोल्पा, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, बागलुङ, बाजुरा, सुर्खेत, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने महाशाखाले जनाएको छ। यसैले यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता जरुरी छ। 

बाढी महाशाखाले उल्लिखित ३२ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad