कारोबार


काठमाडौँमा थपिँदै साझाका १ सयवटा विद्युतीय बस

काठमाडौँमा थपिँदै साझाका १ सयवटा विद्युतीय बस

नेपालखबर
असार २९, २०८२ आइतबार १०:४१, काठमाडौँ

आगामी दसैँअगावै काठमाडौँ उपत्यकामा साझाका थप एकसय वटा विद्युतीय बस सञ्चालन हुने भएको छ। 

सरकारले चीनबाट ल्याएर थप एकसय वटा बस साझा यातायातलाई सञ्चालन गर्न दिन लागेको हो।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातलाई थप एकसय विद्युतीय स्मार्ट बस उपलब्ध गराउने घोषणा गरेका थिए। 

साझा यातायात सहकारी लिमिटेडमा नेपाल सरकारको ९९ प्रतिशत सेयर लगानी छ। हाल काठमाडाैँ उपत्यकामा साझा यातायातका एकसयवटा बस सञ्चालनमा छन्।

साझाका ११५ वटा बसमध्ये बाँकी १५ वटा बस मर्मतकाे क्रममा रहेका एक अधिकारीले जानकारी दिए। 

साझाले काठमाडौँ उपत्यक बाहेक लामो दूरीमासमेत बस सञ्चालन गर्दैै आएको छ। हाल बागलुङमा साझा यातायातले बस सञ्चालन गर्दै आएकाे छ।

साझा यातायातमा काठमाडौँ र ललितपुर महानगरपालिकाकाेसमेत लगानी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad