समाज


रसुवा बाढीमा बेपत्ता असई श्रेष्ठको शव चितवनमा फेला

रसुवा बाढीमा बेपत्ता असई श्रेष्ठको शव चितवनमा फेला

नेपालखबर
असार २४, २०८२ मंगलबार २१:२८, काठमाडौँ

रसुवामा बाढीमा परेर बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ। 

मंगलबार साँझ ६ः२० बजे चितवानको भरतपुर महानगरपालिका २९ पन्ध्रकिलोस्थित त्रिशुलि नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोबिन्द पुरीले बताए। 

शवको दाहीने खुट्टा घुँडामा चुडिएको थियो। शरीरका सबै कपडा नभए पनि देब्रेखुट्टामा प्रहरीको बुट थियो। सोही आधारमा सनाखत गरिएको एसपी पुरीले बताए। 

शव निकालेर चितवन प्रहरीले फोटो रसुवा प्रहरीलाई पठाएको थियो। त्यहाँ रहेका श्रेष्ठका आफन्तले सनाखत गरेका थिए। 

रसुवाको प्रहरी चौकी हाकु दरबन्दी भएका श्रेष्ठ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। ४२ वर्षीय श्रेष्ठको घर रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad