राजनीति


सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

नेपालखबर
असार २४, २०८२ मंगलबार २१:३१, काठमाडौँ

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति जुटेको छ। 

मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो। 

यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न चिकित्सक सहमत भएका छन्।

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न विद्यमान कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदललाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। 

समितिको सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव स्तरका प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधि रहनेछन्। 

कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरू सम्मिलित वार्ता टोलीमा पेस गरिने र कार्यन्वयन गर्ने सहमति भएको छ। 

नेपाल चिकित्सक संघ लगायतका संघ संस्थाहरूले सबै किसिमका आन्दोलनहरु आजैका मितिदेखि स्थगन गरी नियमित सेवा प्रवाह गर्ने पनि सहमतिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad