समाज


तिब्बत क्षेत्र आज राति बढी वर्षा हुन सक्ने चीनको सूचना, सतर्कता अपनाउन आग्रह

तिब्बत क्षेत्र आज राति बढी वर्षा हुन सक्ने चीनको सूचना, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १७:५२, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको सूचना चिनियाँ अधिकारीबाट आएको बताएको छ। 

मंगलबार सूचना जारी गर्र्दै प्रशासनले त्यसबाट भोटेकोसी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो।

‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोसी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ,’ प्रशासनको सूचनामा भनिएको छ। 

भोटेकोसीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ भने अहिलेसम्म ७ जनाको शव भेटिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad