समाज


२५ असार : वृषलाई खुलदुली, मिथुनको घरमा धार्मिक कृत्यको योग, तपाईँको राशिफल कस्तो?

२५ असार : वृषलाई खुलदुली, मिथुनको घरमा धार्मिक कृत्यको योग, तपाईँको राशिफल कस्तो?

ज्यो. मेनुका दाहाल
असार २५, २०८२ बुधबार ४:३९, काठमाडौँ

आज बुधबार, २५ असार २०८२ (९ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: कुनै कुराले मनमा हर्ष छाउनेछ। रोकिएको काम सुचारु होला। कला, साहित्य र सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारको लगानीले राम्रै प्रतिफल देला। सुखद यात्रा हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ४७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: आफ्नो विचार विपरीत निर्णय हुँदा कमजोर अनुभूति हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। मनमा खुलदुली, चिन्ता र चञ्चलता बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। अरूको चियोचर्चो नगर्ने।

मिथुन: दिन मनोरञ्जनपूर्ण रहनेछ। मनको डर हराएर जाला। रमणीय र सुखद यात्रा हुनेछ। पठनपाठनमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक भइनेछ। गरेको कार्य सफल रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय पनि छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।

सिंह: लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ५०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। यात्रामा बाधा आउन सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। तर, मान्यजनको आशीर्वादले काम गर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

तुला: ठिक समयमा सही निर्णय लिन सकिनेछ। कुनै न कुनै कुराले प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। मान प्रतिष्ठामा वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: स्वादिष्ट भोजन ग्रहण गर्न पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्ला। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अनावश्यक विषयमा चासो नराख्ने।

धनु: लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। धैर्य गरी मेहनत गरेमा अप्ठेरो ठानिएको काम पनि फत्ते हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रको काममा सफल योग छ। दाम्पत्य र प्रेम जीवन सुखमय रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।

मकर: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला, झुटा आरोप लाग्न सक्छ। प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर रहला। जिद्दीपनाले गर्दा काम बिग्रने डर पनि छ। साँझमा सबै कुरा मिल्दै जानेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ३७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad