राजनीति


प्रधानमन्त्रीसँगै स्पेन गएकाहरू नफर्किएको भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग

प्रधानमन्त्रीसँगै स्पेन गएकाहरू नफर्किएको भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १६:१९, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसद्‍मा भ्रमपूर्ण कुरा गरिएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद सोविता गौतमले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरु उतै बसेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
 
तथ्यहीन र आपत्तिजनक विषयहरु संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौति दिँदै बतौैलाले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गरे।

‘केही माननीयले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरु संसद्‍मा राख्नुभएको छ,’ उनले भने, ‘बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरुले दुरुपयोग गर्दै सम्माननीय प्रधानमन्त्री स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ संवद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो। उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरु स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरु यस गरिमामय संसद्‍मार्फत अभिव्यक्त हुने काम भयो।’

बर्तौलाले थपे, ‘यी विषय असाध्यै निराधार, भ्रामक, कपोलकल्पित र यस्तो गरिमामय संसद्‍मार्फत जिम्मेवार सांसदहरुबाट यस्तो तथ्यहीन कुराहरु गर्नेकुरा आफैँमा बेठिक छ। यस्ता तथ्यहीन र भ्रमपूर्ण विषयहरुलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ। को मानिसहरू प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन् ती बोल्ने माननीयहरुले यो संसद्‍मार्फत संसद्लाई जानकारी गराइनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad