रसुवामा गएराति आएको बाढीले पुल, सडक घर तथा मान्छेहरू बगाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाले नेपालखबरलाई दिएको जानकारीअनुसार गाेसाइँकुण्ड गाउँपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यहाँ रहेका गाडीहरू पनि बगाएको छ।
‘केही मान्छेहरू पनि बगाएको खबर आएको छ, अहिले के कति हताहत वा क्षति बताउन सकिने स्थिति छैन, हामी त्यसकै खोजी तथा उद्धारमा लाग्दै छौँ’, एक प्रहरीले नेपालखबरसँग भने।
केही मानिस बाढीमा फसेकाले उद्धारको प्रयास भइरहेको जानकारी ती प्रहरीले दिए।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
1.2k
Shares

प्रतिक्रिया