बाजुराको गौमुल गाउँपालिका–४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ।
गौमुल गाउँपालिका–४ कि ३३ वर्षीया सुन्तु रोकायाको बुधवार राति आफ्नै श्रीमानले गोली प्रहार गरी हत्या गरेका हुन्। मृतक सुन्तुको टाउको बीचमा गोली लागेको छ।
जिल्ला प्रहरी बाजुराले श्रीमानले चलाएको गोली लागेर सुन्तुको मृत्यु भएको बताएको छ।
हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् गोरख रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।
भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेपछि बिहीबार बिहान मात्रै माइती पक्षले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले श्रीमान गोरखलाई भरुवा बन्दुकसहित पक्राउ गरेको ठगुन्नाले बताए।
प्रतिक्रिया