समाज


एयरपोर्ट गेट नजिकै ढलेको रुख सशस्त्र प्रहरीले मध्यराति हटायो

एयरपोर्ट गेट नजिकै ढलेको रुख सशस्त्र प्रहरीले मध्यराति हटायो

नेपालखबर
असार ९, २०८२ सोमबार ८:३२, काठमाडौँ

काठमाडौँकाे एयरपोर्ट गेटको अजिकै गएराति ढलेको रुख सशस्त्र प्रहरीले हटाएको छ। 

काठमाडौँ महानगरपालिका-९ एयरपोर्ट गेट नजिकै वर्षादको कारण रुख ढल्दा गएराति यातायात अवरुद्ध भएको थियो। 

रुख ढल्दा पार्किङ्ग गरी राखेको बा ८४ प २४३५ नम्बरको मोटरसाईकललाई समेत क्षति पुगेको प्रहरीले जनाएको छ। 

रुख ढलेर सडक अवरुद्ध भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गण सिनामंगलबाट सशस्त्र प्रहरी घटनास्थलमा पुगेका थिए।

विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले राति पौने १ बजे रुख हटाएर सडक खुलाएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad