समाज

राति सबै प्रदेशमा व्यापक वर्षाको सम्भावना, बाढी-पहिरोबाट बच्न सुझाव

राति सबै प्रदेशमा व्यापक वर्षाको सम्भावना, बाढी-पहिरोबाट बच्न सुझाव

फाइल तस्बिर: सिन्धुपाल्चोक क्षेत्र

नेपालखबर
असार ७, २०८२ शनिबार १८:३४, काठमाडौँ

हाल (शनिबार साँझ) देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले साँझ ६ बजे जनाएअनुसार अहिले सिन्धुपाल्चोक जिल्लाको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोसी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

राति पनि सबै प्रदेशमा वर्षा जारी रहने जानकारी महाशाखाले दिएको छ।

हेर्नुहोस् आज रातिको सम्भावित वर्षाको विस्तृत विवरण: 

कोसी प्रदेश

हिमाली क्षेत्रका आंशिक देखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। 

मधेस प्रदेश

तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। 

बागमती प्रदेश

हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश 

कर्णाली प्रदेश

हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश

हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad