समाज


बर्खाको बेला काठमाडौँका सडक तथा फुटपाथ खन्न महानगरले लगायो रोक

बर्खाको बेला काठमाडौँका सडक तथा फुटपाथ खन्न महानगरले लगायो रोक

नेपालखबर
असार ३, २०८२ मंगलबार ११:४०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले अबको तीन महिनासम्म सडक र फुटपाथमा खन्न र भत्काउन निषेध गरेको छ।  

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्नको लागि स्वीकृति नदिइने जनाएको हो। 

महानगर अन्तर्गतको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति, सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad