समाज


कलंकीमा स्कुलको भ्यान दुर्घटना, ९ वर्षकी बालिकाको मृत्यु, ७ जना घाइते

कलंकीमा स्कुलको भ्यान दुर्घटना, ९ वर्षकी बालिकाको मृत्यु, ७ जना घाइते

नेपालखबर
असार २, २०८२ सोमबार १६:३०, काठमाडौँ

काठमाडौँको कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना भएको छ।

सोमबार दिउँसो १२ः५० मा काठमाडौँ महानगरपालिका १४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। 

दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर भएकी उनलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो।

१३ः३६ बजेको समयमा अस्पतालले मृतक घोषणा गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

दुर्घटनामा अरु ७ जना घाइते भएका छन्।

घाइते हुनेमा सर्लाहीकै लालबन्दीकी ८ वर्षकी रेश्मा मोक्तान, रामेछाप घर भई हाल स्वयम्भु बस्ने ९ वर्षकी नेशिया थापा,किर्तिपुरकी ९ वर्षकी निकिशा डंगोल, मकवानपुर घर भइ कलंकी बस्ने ११ वर्षकी सिमरन खड्का, गुल्मी घर भइ कलंकी बस्ने ९ वर्षकी प्रेमिसा घर्ती मगर रहेका छन्।

उनीहरूको कलंकीस्थित नेसनल अस्पतालमा उपचार भइरहेको छ। 

यस्तै, तनहुँ घर भइ कलंकी बस्ने विद्यालयका प्रधानाध्यापक ४६ वर्षका सुरज पोखरेल र धनुषा घर भइ कलंकी बस्ने भ्यानका चालक ६० वर्षका हर्कबहादुर कार्की पनि घाइते छन्।

पोखरेल र कार्कीको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको एसपी बोहराले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad