राजनीति


अर्थमन्त्री बोलिरहँदा उपसभामुखलाई लक्षित गर्दै कांग्रेस सचेतकको नियमापत्ति

अर्थमन्त्री बोलिरहँदा उपसभामुखलाई लक्षित गर्दै कांग्रेस सचेतकको नियमापत्ति

नेपालखबर
असार २, २०८२ सोमबार १६:३४, काठमाडौँ

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बोलिरहँदा बीचमै रोकिनु परेको छ। 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका अर्थमन्त्री पौडेललाई सचेतक थिङले रोक्दै नियमापत्ति गरिन्। 

संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मानव तस्करी लगायतका आपत्तिजनक शब्दहरू प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै आपत्ति जनाइन्। 

‘आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो,’ थिङले भनिन्, ‘बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो। मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो? जसले ५–५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि, कुन विषयको मानव तस्करी हो सदनमा स्पष्ट पारियोस्।’ 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद अवरोध गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad