समाज


‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका डाक्टर बुटिक रिसोर्टमा भेटिए

‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका डाक्टर बुटिक रिसोर्टमा भेटिए

नेपालखबर
असार २, २०८२ सोमबार १४:३१, काठमाडौँ

सोमबार बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा डाक्टर केशव श्रेष्ठले संवेदनशील पोष्ट गरे। उनले ‘अलबिदा’ भन्दै लामो सन्देश लेखेका थिए।

विभिन्न कारण दिएर उनले आफू बाँच्नै नसक्ने अवस्थामा पुगेको भन्दै परिवारसँग माफी पनि मागेका थिए। जुन पोस्ट केहीबेरमै भाइरल भयो। 

तर उनको मोबाइल बन्द थियो। प्रहरीले उनको अन्तिम लोकेसन चाबहिल देख्यो। त्यसपछि खोजी गर्न प्रहरीको साइबर ब्युरो र काठमाडौँ प्रहरीसहित विभिन्न कार्यालय लागे। 

प्रहरीले सीसीक्यामेरा र मोबाइलको लोकेसन हेर्दै गयो। नभन्दै सोमबार दिउँसाो साढे १ बजेतिर प्रहरीले उनी बालाजुमाथि रहेको जानकारी पायो। त्यसपछि प्रहरी परिसर काठमाडौँको सिभिल टोली त्यसतर्फ प्रस्थान गर्‍यो। 

उनी तार्केश्वर नगरपालिका- ३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला परेका हुन्। काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले उनलाई रिसोर्टबाट उद्धार गरिएको जानकारी दिए। अहिले प्रहरीले उनलाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली ल्याउँदै छ। 

१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट भएर काम गरेका श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै स्टाटस लेखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad