राजनीति


सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी

सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी

नेपालखबर
असार २, २०८२ सोमबार १४:४०, काठमाडौँ

नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय योजना आयोगले दिएको बजेटको सीमालाई सरकारले क्रम गर्ने काम नगरेको जिकिर गरे।

‘राष्ट्रिय योजना आयोगले दिएको जुन बजेटको सीमा थियो, ९ खर्ब ७५ अर्बको सीमा भित्र बसेर १९ खर्ब ६४ अर्ब बजेट ल्याउने काम सरकारले गरेको छ,’ गिरीले भने, ‘यसमा पनि योजना आयोगको सीमालाई सरकारले क्रस गर्ने काम गरेन। त्यो अनुशासन कायम गर्ने कुराले भोलिका दिनहरूमा यो योजनालाई कार्यान्वयन गर्न सकिन्छ, हाम्रा पूँजीगत खर्चहरूलाई अधिकतम खर्च गर्न सकिन्छ, यसलाई परिणाममुखी बनाउन सकिन्छ, उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा यसले हामीलाई विश्वास दिलाएको छ।’ 

उनले विगतमा आयोजना छनोट गर्दा गरिने लोकरिझ्याइँको कामले १८ हजार आयोजनाहरूलाई समयमा कार्यान्वयन गर्न नसकिएको बताए। 

सांसद गिरीले विगतबाट शिक्षा लिँदै नेपालको संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्ड अनुसार ३ करोड भन्दा साना आयोजनाहरू संघीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीति अनुरूप बजेट प्रतिविम्वित भएर आएको दाबी गर्दै यो ठूलो उपलब्धि भएको बताए।

‘आयोजना छनोट गर्दा विगतमा जुन प्रकारको लोकरिझ्याइँको काम हामीले गर्ने गथ्र्यौ, १८ हजार आयोजनाहरू जुन किसिमले हामीले किताबमा समावेश ग¥यौँ, त्यसलाई हामीले समयमा कार्यान्वयन गर्न सकेनौँ,’ गिरीले भने, ‘त्योबाट शिक्षा लिँदै नेपालको संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्ड अनुसार ३ करोड भन्दा साना आयोजनाहरू संघीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीति अनुरूप बजेट प्रतिबिम्बित भएर आएको छ। यो निकै ठूलो उपलब्धि हो।’  

उनले भविष्यमा बजेट निर्माणको क्रममा पनि अनुशासनको सीमाभित्र बसे देशको अर्थतन्त्रलाई नयाँ लयमा लैजान सकिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad