समाज


सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरूलाई सांसद श्रेष्ठको आग्रह

सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरूलाई सांसद श्रेष्ठको आग्रह

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १३:१३, काठमाडौँ

नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरूसँग आग्रह गरेका छन्।  शुक्रबार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गरेको बताउँदै यसबाट पछि नहट्न सुझाव दिएका हुन्।  

उनले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भए पनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताए।  

‘शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको छ। पटक पटक सहमति गर्नुभएको छ। लागू भएको छैन। यो पटक तपाईंहरूले नछोड्नु होला। यो पालि गज्जवसँग सहमति गर्नुभएको छ,' उनले भने, 'जति प्राप्त गर्नुभएको छ, त्यो पूरा गर्ने काममा लाग्नुस्। पूर्वशिक्षामन्त्रीको, जनप्रतिनिधिको हैसियतले यहाँहरूलाई पूरा सहयोग हुनेछ। वर्तमान सरकारको शिक्षामन्त्रीसहित भएको र सत्तारुढ पार्टीकै एक जना जनप्रतिनिध भएको नाताले भनेको छु। अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad