नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधानमा महिला पुरुषलाई समानरूपमा स्वीकार गरिएको भए पनि कानुन निर्माण गर्दा बुवा–आमालाई समान ढंगले लिन नसकेको बताएका छन्।
शुक्रबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद सापकोटाले विभेदको अन्त्य गर्ने गरी कानुन सम्पादन गर्नुपर्ने बताए।
'संविधानमा महिला पुरुषलाई समानताका रूपमा स्वीकार गरेका छौँ। त्यो अधिकार, पहिचान सबै कुराका हिसाबले। कानुन निर्माण गर्दा बुवा र आमालाई समान ढंगले लिन सकेका छैनौँ। यो अर्को प्रकारको विभेद हो। यो विभेदको अन्त्य गर्ने गरी यो कानुनलाई सम्पादन गरिनुपर्छ।'
उनले अगाडि भने, 'बाबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको छ। तर, कानुन निर्माणमा सम्बोधन भएको छैन। यो विधेयकले समेटोस्।'
Shares

प्रतिक्रिया