कोरोना भाइरसको संक्रमणबाट म्यान्चेस्टर सिटी क्लबका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको मृत्यु भएको छ।
डोलर्स साला क्यारियोको ८२ वर्षको उमेरमा मृत्यु भएको जनाइएको छ। बार्सिलोनानजिकै मानरेसा सहरमा उनको मृत्यु भएको हो।
पेप र उनको परिवारप्रति सिटीले समवेदना दिएको छ।
पेप सन् २०१६ देखि सिटीका प्रशिक्षक छन्। त्यसअघि उनले बार्सिलोना र बायर्न म्युनिखको जिम्मेवारी सम्हालेका थिए।
— Manchester City (@ManCity) April 6, 2020The Manchester City family are devastated to report the death today of Pep’s mother Dolors Sala Carrió in Manresa, Barcelona after contracting Corona Virus. She was 82-years-old .
प्रतिक्रिया