राजनीति


जनताको विश्वास जित्ने काम गर्न सरकारलाई नेपालको आग्रह

जनताको विश्वास जित्ने काम गर्न सरकारलाई नेपालको आग्रह

नेपालखबर
चैत २४, २०७६ सोमबार १४:१४,

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवारलाई राहत वितरण प्रभावकारी बनाउन आग्रह गरेका छन्।

सोमबार एक अपिल प्रकासित गरी नेता नेपालले अझै पनि वास्तविक भोका श्रमजीवी जनता बीच पुग्न बाँकी भएमा पुग्न, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तिमा गरीखाने वातावरण नहुन्जेल कायम राख्न पनि आग्रह गरेका छन्।

यस्तै, नेता नेपालले कोरोना संक्रमणविरुद्ध राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्न सरकारसँग माग गरेका छन्।

‘परीक्षणको दायरालाई फराकिलो बनाउन, चिकित्सकहरू, फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरू, सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीहरू तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन तथा अत्यावश्यक उपभोग्य बस्तुको मूल्यबृद्धि एवम् अभाव हुन नदिन तीनै तहका सरकारहरू सहित सम्बन्धित सबैको पुनः ध्यानाकर्षण गराउॅछु’ उनले भनेका छन्।

नेता नेपालले हालसम्म गरिरहेको प्रयासका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै राज्यका परिभाषित काम गर्ने अंगहरूको सवलिकरण एवम् उच्च मनोवल सहितको द्रुत परिचालन, कुनै प्रकारको संशय वा द्विविधा उत्पन्न नहुने निर्णय प्रक्रिया, नेतृत्वका बीचमा पर्याप्त छलफल र विश्लेषण, बिशेषज्ञ सेवाको पूर्ण उपयोग, समाजका सबै तह, वर्ग र समुदायको विश्वास आर्जन गर्ने कार्यप्रणाली, जिम्मेवारीपूर्ण अभिब्यक्ति, अन्तर्राष्ट्रिय सहयोगको समन्वय जस्ता बिषयमा देखिएका कमजोरी तत्काल सच्याएर जनताको विश्वास जित्न नेपाल सरकारको बिशेष ध्यानाकर्षण समेत गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad