समाज


लकडाउनको दुई हप्तापछि महोत्तरीको हाटबजार बन्द

लकडाउनको दुई हप्तापछि महोत्तरीको हाटबजार बन्द

शैलेन्द्र महतो
चैत २४, २०७६ सोमबार १५:२१,

सरकारले महामारी कोरोना संक्रमण फैलिन नदिन गरेको लकडाउनमा समेत हाटबजारले निरन्तरता पाएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले मंगलबारदेखि बन्द गर्ने घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि हाटबजार पूर्ण रुपले बन्द गर्ने जनाएको हो।

लकडाउनको समयमा हाटबजार लागेपछि भीडभाड व्यवस्थापन गर्न यस्तो निर्णय गरेको प्रसाशनले जनाएको छ।

तरकारी बिक्री वितरण स्थानीय तह र वाणिज्य संघको समन्वयमा साइकल, ठेलागाडा तथा टेम्पोमार्फत गाउँ गाउँ तथा घर घरमा घुम्ती सेवा प्रदान गरिनेछ।

अत्यावश्यक काम बाहेक घरबाहिर निस्किए, भीडभाड गरे प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिइ कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .