देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ।
मौसम महाशाखाका अनुसार अहिले (मंगलबार साँझ) पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली छ भने कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस क्रममा आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
अनि कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेशलगायत बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना पनि छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
Shares

प्रतिक्रिया