समाज


आन्दोलित व्यवसायीले गरे मयुर यातायातको बस तोडफोडको प्रयास

आन्दोलित व्यवसायीले गरे मयुर यातायातको बस तोडफोडको प्रयास

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८२ मंगलबार १८:५९, काठमाडौँ

आन्दोलित यातायात व्यवसायीले बन्दको समयमा यात्रु बोकेको भन्दै मयुर यातायातको बस तोडफोडको प्रयास गरेका छन्। यात्रु बोकेको मयुर यातायातको गाडी रोक्दै आन्दोलित व्यवसायीले तोडफोडको प्रयास गरेका छन्।  

बस सञ्चालन गरेको विषयलाई लिएर केहीबेर तनाव सिर्जनासमेत भएको थियो। अहिले जडिबुटी क्षेत्रमा प्रहरी पुगेको र अवस्था सामान्य रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। 

त्यस्तै साँझ ५ बजे जडिबुटीस्थित मनोहरा पुलनजिक अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीको नेतृत्वमा आएको करिब डेढसय जनाको टोलीले ओखलढुंगाबाट आएको ना १ ज ६९७३ नम्बरको सुमो गाडीको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad