समाज


दलित अभियन्ता खगेन्द्र सुनारविरुद्धको मुद्दा सुनुवाइ गर्न सर्वोच्चले तोक्यो इजलास

दलित अभियन्ता खगेन्द्र सुनारविरुद्धको मुद्दा सुनुवाइ गर्न सर्वोच्चले तोक्यो इजलास

दलितलाई खै लेखिएको पोस्टर बोकेका खगेन्द्र सुनारको फाइल तस्बिर


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार ११:४३, काठमाडौँ

दलित अभियन्ता खगेन्द्र सुनारविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।

अन्तरजातीय प्रेम गरेका नवराज विक र उनका ५ साथीको हत्या गरिएको मुद्दाका प्रतिवादीहरूलाई उच्च अदालत सुर्खेतले जातीय भेदभाव कसुरमा सफाइ दिँदा न्यायाधीशको विरोध गरेपछि सुनारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा परेको हो। 

सो सुनुवाइ गर्न आज न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको सर्वोच्चले जनाएको छ। 

उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबै (२३) जनाको सजाय सदर गरे पनि जातीय छुवाछुत अभियोग कसुरमा भने सफाइ दिएको थियो। 

ती न्यायाधीशलाई निलम्बन गरिनुपर्न माग गर्दै सडकमा प्रदर्शन गरेपछि अदालतको अवहेलना भएको दाबी गरी सर्वोच्च अदालतकै प्रशासन शाखाले टिप्पणी उठाई सुनारविरुद्ध मुद्दा दर्ता गराएको हो। 

केही समययता सुनार ‘दलितलाई खै’ अभियानका कारण चर्चामा छन्। दलित दमनका विभिन्न घटनामा उनी हत्कडी र नेलसहित बारम्बार काठमाडौँका सडकमा देखिने गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad