नेपाल घुम्न आएका बंगलादेशी नागरिकहरूलाई अपहरण गरी फिरौती माग गरेको आरोपमा प्रहरीले ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु ३८ वर्षका शिव सौरभ, ३२ वर्षका दिपक कुमार, ३६ वर्षका संदिप कुमार, ३८ वर्षका जसप्रित सिंह र ६४ वर्षका रमेश जाधव रहेका छन्।
सस्तोमा काठमाडौँ घुमाई दिने आश्वासनमा पारी ललितपुरको ललितपुर महानगरपालिका १५ स्थित एक घरमा बन्धक बनाइ शारीरिक तथा मानसिक यातना दिएको आरोप छ।
पीडितहरूको साथमा रहेको नगद, मोबाइल लगेर आफन्तलाई वाट्सएपमार्फत फिरौती रकम माग गर्ने गरेको आरोप छ।
प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत गौशालाबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न भारतीय नागरिकहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
काठमाडौँ जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ।
Shares

प्रतिक्रिया